सोलुखुम्बुको महाकुलुङमा पहिराले नाजिङमा एक घर बगायो, चार जोखिममा

वर्षात् सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा एक घर बगाएको छ भने चार घर जोखिममा परेका छन् । पहिरोको कारण स्थानीय जीत कुविर राईको ढुङ्गा माटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नाल जानकारी दिनुभयो । पाँच जनाको परिवार बस्दै आएको घरमा आज विहान पहिरो जाँदा भागेर ज्यान बचाउन…