स्थानीय किसानले शुरु गरेको सामुदायिक घाँसखेतीले फस्टायो पशुपालन

तरहरा, ३१ भदौ । इटहरी उपमहानगरपालिकाको वडा नं १९ ब्रह्मपुरमा स्थानीय किसानले शुरु गरेको सामुदायिक घाँसखेतीले गाउँमा पशुपालन फस्टाएको छ । ब्रह्मपुर सामुदायिक वनको छेउमा रहेका २९ घरपरिवारले पशुपालनका लागि जङ्गलभित्रै उन्नत जातको घाँस रोपेका छन् । उनीहरुले घाँसखेतीको सामुदायिकरूपमा हेरचाह र उपभोग गर्दै आएका छन् । गाईफार्म सञ्चालन गरिरहेका स्थानीयवासी दीपक रायमाझीका अनुसार ब्रह्मपुरवासीको…