हावाहुरीले मकैबालीमा क्षति

डोटी, ११ भदौ । जोरायल गाउँपालिकामा आएको हावाहुरी तथा ठूलो वर्षाले किसानले लगाएको मकैबालीमा नोक्सानी गरेको छ । बुधबार साँझ आएको हावाहुरीसँगैको वर्षाले उक्त गाउँपालिकाका वडा नं ३ र ४ का किसानले लगाएको मकै खेती पुरै ढलाएर सोत्तर बनाएको जोरायलका बासिन्दा तीर्थराज भट्टले बताउनुभयो । त्यहाँका किसानले लगाएको सयौँ रोपनी खेतको मकै हावाहुरीले बोटबाटै ढलाएपछि…