पर्वतमा किसानले अन्नबालीमा प्रयोग गर्ने रासायनिक मलको अभाव भएको छ । लामो समयसम्म भएको लकडाउन र नेपालका मुख्य डिपोमा पनि भण्डारण सकिएकाले मलको चरम अभाव भएको कृषि सामग्री केन्द्र पर्वतले जनाएको छ । मकै छर्ने बेलामा सहकारीमार्फत रासायनिक मल पाएका किसानले धान, कोदो बालीमा मल राख्न पाएका छैनन् । लामो लकडाउनका कारण सहकारीमा मल पाउन…