कैलालीमा दर्जनौँ घर डुबानमा

मङ्गलबारदेखिको वर्षा नरोकिपछि धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनाँै बढी घर डुबानमा परेका छन् । धनगढीको मालिका टोल, शिवनगर, कृष्णनगर, विशालनगर, मिलनचोक, उत्तरबेहडी, पुरानो भन्सार गाउँको दक्षिण पट्टीको बस्तीलगायतका अधिकांश घर तथा पसलभित्र पानी पसेर स्थानीयवासीको जनजीवनसमेत प्रभावित बनेको छ । धनगढी– २ मालिका टोलकी स्थानीय पार्वतीदेवी भट्टले घरभित्र पानी पसेर बस्न समस्या…