झापामा ‘ड्रागन फ्रुट’ खेतीको लहर

झापा, २ भदौ (रासस) : गत वर्ष कोरोना महामारीले बन्दाबन्दी शुरु भएको बेला झापाली युवा नेता मनोज ताम्ली ड्रागन फ्रुटको बिरुवा रोप्दै हुनुहुन्थ्यो । सरकारी जागिरबाट निवृत्त आफ्ना बुवा रमेश ताम्लीले प्रोत्साहित गरेपछि उहाँले ड्रागन फ्रुटको खेतीबारे युट्युबबाटै खेती र प्रविधिको प्रशस्त जानकारी लिनुभयो । बन्दाबन्दीमा हात बाँधेर बस्नुभन्दा नयाँ पौरख गरौँ भन्ने हुटहुटीले उहाँ…