बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गरिने भएको हो । सुविधा सम्पन्न वृद्धाश्रम निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको समन्वयमा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थमन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गर्न थालिएको बताइएको छ । बागलुङ नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिस्कारमा…