बेरै उठेर भान्छाको काम गरेर बारीमा तरकारी गोडमेलसमेत गर्नुहुने सदरमुकाम चामे गाउँपालिका–४ की समीरा गुरुङ अहिले अँध्यारोमा गुज्रनुपर्दा अल्छाउन थाल्नुभएको छ । विगतमा विद्युत् आपूर्ति सहज थियो र सबेरै उठेर भान्छाका साथै अन्य काम पनि सहजै गर्न भ्याइन्थ्यो । “बिहान सबेरै उठेर गर्न भ्याइने काम विद्युत् नहुँदा ढिलो गरी गर्न बाध्य भएका छौं, बिजुली हुँदा…