डुयुखोलाको झोलुङ्गे पुल पहिराले पूर्ण क्षति

उत्तरी गोरखाको छेकम्पार र चुम्चेत पुग्ने झोलुङ्गे पुलमा पहिराले पूर्ण क्षति पु¥याएको छ । चुमनुबी गाउँपालिकाको वडा नं ६ चुम्चेतस्थित डुयुखोलामाथिको झोलुङ्गे पुल मङ्गलबार राति गएको पहिराले चुँडाएर क्षति पु¥याएको स्थानीयवासी सरोज लामाले जानकारी दिनुभयो । “झोलुङ्गे पुलमाथिबाट पहिरो खस्दा पुल पूरै चँुडिएको छ”, उहाँले भन्नुभयो, “अहिले पुलबाट मानिस आवाजजावत पूर्णरूपमा ठप्प भएको छ ।”…