मस्र्याङ्दी नदीमा आएको बाढीले चामेको झोलुङ्गे पुल बगायो: आवतजावत गर्न सकस

मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो ।…