सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको तस्वीर सार्वजनिक गरेर विरोध

म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्वीर सार्वजनिक गरेर विरोध गरिएको छ । बेनी नगरपालिका–६ डम्मरास्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्वीर कालो पोतेर सडक छेउमा झुण्डयाइएको छ । दोलखाका लामा निर्माण कम्पनीका सञ्चालक हुनुहुन्छ । समानान्तर निर्माण कम्पनीका सञ्चालक अच्युत खरेल हुनुहुन्छ । यो सडक आयोजनाको आधिकारिक प्रतिनिधि…