हराउँदै गयो असारे मौलिकता र परम्परा

रामपुर, २९ असार। ‘असारलाई भनी कुटेका चिउरा चैतैमा घुन लाग्यो, छोरीलाई सुख छ भन्थ्यौ नि बाबा मेलैमा जुन लाग्यो ।’ पाल्पा रामपुरका कृषक लक्ष्मी तिवारीलाई यसरी गीत गाएर पञ्चेबाजाको तालमा दिनभर धान रोपाइँ गरेको याद झल्झली आउने गर्छ । त्यस समयमा उहाँ रोपाइँलाई एउटा ठूलो पर्वका रुपमा पनि लिने गर्नुहुन्थ्यो । असारे भाकामा आफ्ना साथीसङ्गीहरुसँग…