दिक्तेल–गाईघाट सडकखण्ड: फोक्सिङ्टार पुल निर्माणको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत

दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत मात्र पूरा भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको काम विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता भएको हो ।…