त्रिशूली अस्पताल नुवाकोटमा बुधबारदेखि सघन उपचार कक्ष सेवा शुरुआत भएको छ । अस्पतालको स्तरवृद्धि भएर ५० श्यया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसगैँ वाग्मती प्रदेश सरकारबाट प्राप्त दुई थान भेन्टिलेटरसहितको सेवा शुरु भएको…