भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत्यु

नयाँदिल्ली १७ कात्तिक । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट…