जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि

बनियानी, ९ असोज । जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना सङ्क्रमित मध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिनुभयो । “काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको पिसिआर परीक्षण गर्दा पोजिटिभ आयो”, उहाँले भन्नुभयो, “ती…