रोल्पा, १५ असोज । अतिविपन्न परिवारका गर्भवतीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण मातृ मृत्युदर बढिरहेकाले नेपाल रेडक्रस सोसाइटी रोल्पाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विपद्का ंसमयमा अतिविपन्न र सङ्कटका अवस्थामा रहेका गर्भवती बढी प्रताडित हुने देखिएकाले उनीहरुलाई प्रसूति सेवाका लागि नजीकैको…