अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वा औषधिको अभाव हुन नदिइने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण प्रभावित अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वा औषधिको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एकचालिसौँ सामाजिक सेवा दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आज भर्चुअलरूपमा आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली कार्यान्वयन’ विषयक छलफलमा उहाँले त्यस्ता प्रभावित व्यक्तिका समस्याबारे…