भारतद्वारा दुई हजार थान रेमेडिसिभर प्रदान

भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड–१९ का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेमेडिसिभर’ प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज २,००० थान रेमेडिसिभर उपहारस्वरुप हस्तान्तरण गर्नुभयो । कोभिड–१९को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामान गर्न भारत सरकारले रेमेडिसिभर उपलब्ध गराएकामा भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै…