काभ्रेपलाञ्चोक, २० असोज (रासस) : एक महिनाको अवधिमै प्राणघातक रोग रेबिजबाट जिल्लामा एक बालकसहित तीनको मृत्यु भएपछि यहाँका जनप्रतिनिधिले रेबिज रोगमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाउनुभएको छ । कुकुरको टोकाइबाट हुने रेबिजबाट मानवीय क्षति शून्य बनाउन जिल्लाका १३ स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको हो । पशु सेवा विभागका महानिर्देशक दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास…