चितवन, २६ साउन । महानगरभित्र कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ । उहाँले आज अपिल जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना सङ्क्रमण बढ्दै गइरहेको र यस्तो विषम परिस्थितिमा कोरोनाबाट डराएर होइन उच्च मनोबलका साथ सुरक्षा सजकता अपनाएर मात्र कोरोनाबाट मुक्ति पाउन…