बिरामीलाई अस्पताल पु¥याउन न बाटो छ, न सवारी साधन

सर्लाही, २९ भदौ (रासस) ः चुरे क्षेत्रका स्थानीयवासीले बिरामी बोक्न अझै झोलुङ्गोको भर पर्नुपर्ने बाध्यता छ । भौगोलिक विकट जिल्लाको चुरे क्षेत्रका बस्तीमा बिरामीलाई स्वास्थ्य सस्थासम्म पु¥याउन अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको छ । दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटक–पटक बनाएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ ।…