अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामी बढेका छन् । सघन उपचारकक्षमा रहेका तीन बिरामीका लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ । विद्युत् आपूर्ति अनियमित भएकाले अस्पतालको प्लान्टले राम्रोसँग अक्सिजन उत्पादन गर्दैन । पोखराबाट सिलिण्डर भरेर ल्याउन मध्यपहाडी लोकमार्गमा एक साता पहिले खसेको पहिराका कारण समस्या छ । अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिण्डर भरेर…