विश्वकै दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ ९ महिने बालकमा फेला

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का नौ महिने बालक मोहम्मद उस्मान अलीमा ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ (एसएमए) रोग देखा परको छ । बालकमा जन्मिएको तीन महिनामै एसएमए रोगको लक्षण देखिएको परिवारले जनाएको छ । उस्मानका परिवारले उनलाई तीन महिनादेखि नै पोखराका विभिन्न अस्पतालमा उपचार गराएर परीक्षण गर्दा रोगको पत्ता नलागेपछि आठ महिनाको उमेरमा कान्तिबाल अस्पताल लगेका थिए ।…