खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई गत हप्ता उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइयो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उहाँलाई गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता बनेको हो । घरमा औषधि ल्याएर खाँदा शरीरलाई आराम नमिले पनि उहाँका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनुपरेको…