संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ चिकित्सक भगवान् कोइराला र उहाँको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो । कानूनविद् दाहालका दाजु डा रामप्रसाद दाहालका अनुसार उहाँ अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ । उहाँलाई आकस्मिकरूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो ।…