उपचार नपाएर दुई वर्षदेखि बिस्तारामा थलिनुभएकी गलकोट नगरपालिका–७ मल्मकी ३० वर्षीया गुमा परियारका लागि प्रवासी नेपाली सहारा बनेका छन् । अर्थाभावमा उपचारबाट बञ्चित उहाँका लागि विदेशबाट सहयोग जुटेको हो । तत्कालीन माओवादी सशत्र द्धन्दताका जनमुक्ति सेनामासमेत काम गर्नुभएकी परियार नशासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ । तीन साताअघि राससले ‘उपचार नपाएर तड्पिँदै पूर्वलडाकु’ शीर्षकमा समाचार दिएको थियो…