बौद्धिक अपाङ्गता भएकाहरुले महोत्तरीको बर्दिबासमा पढ्न पाउने भएका छन् । वौद्धिक अपाङ्गता भएकाहरुका लागि आज बर्दिबास–२ मा पठनपाठनका लागि ‘आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्र’ को भवन निर्माण कार्यको शिलान्यास भएको छ । रु चार करोड लागतमा बन्ने आठ कोठे आवासीय भवन र पर्खाल निर्माण कार्यको बर्दिबास नगरप्रमुख विदुरकुमार कार्कीले शुभारम्भ गर्नुभयो । वौद्धिक अपाङ्गता…