स्वास्थ्यकर्मीसहित सङ्क्रमितको घरदैलोमा पुग्दै नगरप्रमुख

कञ्चनपुर, २९ जेठ । शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर कोरोना सङ्क्रमितको घरदैलोमा पुग्दै आउनुभएको छ । यस कार्यलाई उहाँले एक हप्तादेखि निरन्तरता दिँदै आउनुभएको छ । सङ्क्रमितका घरमा पुगेर परिवारका सदस्यलाई अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिनुहुन्छ । त्यसपछि आवश्यकताका आधारमा सङ्क्रमितलाई स्वास्थ्य सुरक्षाका सामग्रीसँगै पोषिला खानेकुरा खुवाउनका लागि सल्लाह र सुझाव दिनुहुन्छ । उहाँले आर्थिक…