स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो । पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ । महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको…