भपु नपाद्वारा सञ्चालित ख्वप अस्पताल राहत कोषमा रु चार करोड ६० लाख जम्मा

मध्यपुरथिमि, २१ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्न प्रकोप व्यवस्थापन कोषमा जनस्तरबाट रु चार करोड ६० लाख ४५ हजार बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ । युनिटमा अक्सिजन प्लान्ट जडान गर्न आर्थिक तथा भौतिक सहयोग गर्न नगरपालिकाले आह्वान गरेपछि विभिन्न सहकारी…