प्रतिरक्षात्मक क्षमता बढाउन अस्पतालमै नृत्य र योगाभ्यास

बलेवा, १८ जेठ । ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको छ । बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन्, सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन्…