कर्णाली, ३१ वैशाख । वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा कोभिड अस्पताललाई पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । वीरेन्द्रनगर–६ निवासी कोमल कार्की, निरञ्जन केसी र सिद्धपाइला क्याम्पसको सहयोगमा आज सात लिटरका तीन थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । र्पोटेबल कन्सन्ट्रेटर विद्युत्को माध्यमबाट बिरामीलाई अक्सिजन दिने उपकरण हो । उक्त मेसिन नगर प्रमुख देवकुमार सुवेदीलाई सिद्धपाइला…