दैनिकजसो काँधमा भिर्नी झोला भिरेर गाउँघरमै व्यस्त भइरहने, जो कसैलाई भेटे मुसुक्कै हाँसेर बोलिदिने, बोलीमा भएको मिठासले जो कोही पनि मोहित हुन्छन् डाक्टर पुछारे माइलादेखि । भिर्नी झोलाभरि विभिन्न जडीबुटीजन्य औषधिले भरिएका बट्टाबट्टी हुन्छन् । तिनै औषधि पानीमा घोलेर गाउँका बिरामीलाई घुटुक्कै पिलाउँछन् । लामो समयदेखि विभिन्न रोगले थला परेका, अस्पतालले निको पार्न नसकेका बिरामी…