छोरीको आँखा उपचारका लागि आर्थिक सहयोग माग

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौराकी ६ वर्षीया शिवानी सिंह र उनका आठ वर्षीय दाजु वैशाख १७ गते अपराह्न ४ बजेतिर घर नजीकै आँगनमा हाँस्दै रमाउँदै खेलिरहेका थिए । एक्कासि आएको हावाहुरीका कारण शिवानीको आँखामा खेलिरहेकै अवस्थामा छारो पस्यो । त्यतिबेला केही पनि भएन र त्यो दिन आँखामा छारो पसेको कुरा उनले आमालाई भनिनन् ।…