ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बिरामीको घर–घरमा पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलन शुरु गरेको छ । स्थानीय टोखामा रहेको उक्त अस्पतालले बिरामीको सुविधाका लागि प्रत्येक दिन बिहान ७ देखि ११ बजेसम्म बिरामीको घर–घरमै पुगेर नमूना सङ्कलन शुरु गरेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अशक्त बिरामीको सजिलोका लागि अस्पतालले बिरामीको घरघरमै पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलनको व्यवस्था…