दुईभन्दा बढी बालबालिका जन्माउने परिपाटीको अन्त्यका लागि मकवानपुरको उत्तरी क्षेत्र कैलाश गाउँपालिकामा एकदिने अस्थायी परिवार नियोजन शिविर आयोजना गरिएको छ । सो शिविरको एक दिनमा ४४ महिलाले सेवा लिएको गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिनुभयो । अस्थायी परिवार नियोजनका लागि महिलाको पाखुरामा राखिने नरप्लान्ट लगाएर गाउँपालिकाको गोगले स्वास्थ्यचौकीमा सेवा दिएको र आवश्यक चेतनामूलक जानकारीसमेत दिइएको…