ताकममा अस्पताल र वडा कार्यालय भवन शिलान्यास

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा एकैसाथ अस्पताल र वडा कार्यालय भवनको शिलान्यास भएको छ । पाँच शय्या क्षमताको अस्पताल भवनको निवर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बुधबार एक समारोहबीच शिलान्यास गर्नुभयो । कुल रु सात करोड १३ लाख लागत अनुमान गरिएको अस्पताल भवनको बहुवर्षे ठेक्का प्रक्रियाको तयारी गरिएको…