गोरखा दरबारमा विधिपूर्वक घटस्थापना

गोरखा दरबारमा विधिपूर्वक घटस्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐतिहासिक कालिका मन्दिरमा रहेको दशैघरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेट जौको जमरा कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । परम्परा अनुसार बिहान सवेरै (बिहान नाडीको रौ देखिने बेला) मिर्मिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा विजयादशमीको घटस्थापना गरिएको हो ।

यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्रि बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भएपनि विनासकारी भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको थपना गरी देवीको सवारी गराइएको छ ।

घटस्थापनाका बिहान गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढी रहेका गोरखा जिल्लाभित्रका सबै शक्ति पीठमा नित्य पूजाबाहेक सर्वसाधारणलाई पूजाआजा गर्न रोक लगाइएको छ । रासस