विश्व कीर्तिमानी नेपालको स्पष्टोक्ति: ‘विवादमा मेरो कुनै संलग्नता छैन’

विश्व कीर्तिमानी नेपालको स्पष्टोक्ति: ‘विवादमा मेरो कुनै संलग्नता छैन’

साझा पेज
156
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – विश्व कीर्तिमान कायम गरी नेपालको शिर उच्च राख्न सफल प्रतिभा बन्दना नेपालले हालै सार्वजनिक भएका केही समाचार सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको खण्डन गर्नुभएको छ। साझा पेज डटकममा सम्प्रेषित समाचारमा आफ्नो नाम जोडिएको विषयमा स्पष्ट पार्दै उहाँले उक्त विवादमा आफ्नो कुनै पनि कानुनी वा नैतिक संलग्नता नरहेको दाबी गर्नुभएको हो।

बन्दना नेपालले उपलब्ध गराउनुभएको खण्डन पत्रअनुसार, समाचारमा दाबी गरिएका पक्षसँग उहाँको कुनै पनि प्रकारको व्यक्तिगत कारोबार भएको छैन। “मेरो बुबा र सम्बन्धित पक्षबीचको कारोबारका विषयमा मलाई कुनै जानकारी छैन, न त सो विषयमा मेरो कुनै भूमिका नै छ,” उहाँले स्पष्ट पार्नुभएको छ। अहिले बदनाम गराउने षडयन्त्र भइरहेको र यसले आफ्नो छविमा आँच पुर्‍याएको उहाँको भनाइ छ। यस सम्बन्धमा साझा पेज मिडियाले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

पीडित भनिएको पक्षले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा समाचार सम्प्रेषण गरिएको भए तापनि, कसैको व्यक्तिगत चरित्र हत्या गर्ने हाम्रो कुनै पनि उद्देश्य नरहेको प्रस्ट पार्न चाहन्छौँ। “हाम्रो उद्देश्य तथ्यलाई बाहिर ल्याउनु मात्र थियो, तर यसबाट बन्दना नेपालको प्रतिष्ठामा पर्न गएको चोटप्रति हामी क्षमाप्रार्थी छौँ,” साझा पेजले भनेको छ। प्रेस काउन्सिल नेपालको निर्देशन र आचारसंहिताको मर्मलाई आत्मसात् गर्दै साझा पेजले प्रभावित पक्षको खण्डनलाई उचित स्थान दिएको छ र आगामी दिनमा थप सन्तुलित रहने प्रतिबद्धता जनाएको छ।