कृत्रिम गर्भाधानबाट बच्चा जन्मियो

कृत्रिम गर्भाधानबाट बच्चा जन्मियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो ।

अस्पतालका प्रसुति विभागका डा. रेनुका ताम्राकारका अनुसार गत वर्षको माघमा कृत्रिम गर्भाधान गरइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो । नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उहाँले जानकारी दिनुभयो ।

डा. ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माईएको दावी गर्नुभयो । प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, रेडियो डायग्नोसिस र नर्सिङ विभागको समन्वय र अस्पतालका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने, डा.आसुदीप शर्मा, प्रा.डा.गणेश दंगालको निरन्तरको मार्गनिर्देशनमा सफलता उक्त मिलेको अस्पतालले जनाएको छ ।