‘मार्सी बियर’ ल्याउदै दुर्गा प्रसाई, किने ४ अर्बमा फ्याक्ट्री

‘मार्सी बियर’ ल्याउदै दुर्गा प्रसाई, किने ४ अर्बमा फ्याक्ट्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नया ब्राण्डको बियर ल्याउने भएका छन । नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई ठिमीस्थित घरमै मार्सी चामलको भात खुवाएपछि ‘मार्सी’को खुबै चर्चा भयो। सोहि नामलाईइ प्रसाईले ब्राण्ड बनाएर ‘मार्सी बियर’ बजारमा ल्याउने भएका छन ।

उनले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेका छन्।टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै आएको थियो। प्रसाईंले टेन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका छन्। मार्सी चामल नै मिसाएर ‘मार्सी’ बियर नेपाली बजारमा ल्याउन खोज्दै छौ – प्रसाईले भने । प्रसाईका अनुसार मार्सी ब्राण्डका दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ छिट्टै बजारमा आउने छ। हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन्। साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए।

७० प्रतिशत जौं र ३० प्रतिशत चामल मिसाएर बियर उत्पादन हुने गरेको छ। जौं डेनमार्कबाट आयात हुँदै आएको छ भने चामल नेपालकै प्रयोग हुने गरेको छ। अब मार्सी बियरले बिदेशी बियरलाई सिधा टक्कर दिने प्रसाईको दावी छ ।