आज थप ५७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ५७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस कोभिड-१९ बाट आज थप ५७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ ।

त्यस्तै आज काठमाडौँ उपत्यकामा थप ३१ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २३९१ जना र ललितपुरका १७३ जना र भक्तपुरका ५४३ जना संक्रमित देखिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा २९ सय ९६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ९९ हजार ६०५ जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ७९१ पुगेको छ ।