आज थप ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा पछिल्लो घण्टामा देशभर ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । त्यसैगरी २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।