सुनिता थेगिम र मेलिना राइको पहिलो लिम्बू भाषाको गीत रेकर्डिङ सम्पन्न

सुनिता थेगिम र मेलिना राइको पहिलो लिम्बू भाषाको गीत रेकर्डिङ सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुनिता थेगिम र मेलिना राइको स्वरमा रहेको ‘निङवा पाङस पाङसिङलो’ बोलको गीतको रेर्कडिङ कार्य सम्पन्न भएको छ । टिर आर सेनेहाङको शब्द रहेको छ भने सुनिता थेगिमको संगीत रहेको छ । यो गीत महिलाको यौवन साथै प्राकृतिकको सुन्दर चेहेरासंग यौवनको बैशलाई समिश्रण गरिएर बनाएको रचनाकार सेनेहाङले बताए ।

रेर्कडिङको क्रममा मेलिनाले भनिन् ‘यो मेरो बिल्कुलै नयाँ गीत हो, अहिले सम्म लिम्बू भाषाको गीत नै गाएको थिएन, यो मेरो पहिलो अनुभव हो ।’ त्यस्तै अर्का गायिका सुनिताले थपिन् मेरो पनि लिम्बू गीतमा यो पहिलो संगीत हो, निक्कै मेहनत गरेका छौँ आशा छ सबैले मन पराइ दिनुहुनेछ ।’ गाउनु छाडेर सिर्जनातिर लाग्नुभएको हो ? भन्ने जिज्ञासामा दुबै जनाको जवाफ एउटै थियो, सधै कति अर्काको सिर्जनामा मात्र गाउनु, आफ्नो सिर्जनामा पनि गाऊ कस्तो हुन्छ, भन्ने हो ।

(भिडियो)

यो पनि – याक्थुङ मुनचइत चोक सयङको महाधिवेशन कात्तिकमा हुने

काठमाडौँ, १२ भदौ । याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ) को चौंथो महाधिवेशन आगामी २९ र ३० कार्तिकमा ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार राजधानीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङको संयोजकत्वमा लोकेन साँवा र लक्ष्मी योङ्हाङ सदस्य रहेको विधान मस्यौदा समिति गठन गरेको छ । त्यसैगरी कोषाध्यक्ष राजशुक्र लिम्बुको संयोजकत्वमा कृष्णराज नेम्बाङ, मनु लिम्बू, हाङ चेम्जोङ र पुष्पा तिलिङ मादेन सदस्य रहेको आर्थिक उपसमिति गठन गरेको छ ।

त्यस्तै आदिवासी जनजाति चलचित्र महासंघमा दिनेश लिङ्देन र रुपा आङ्बुहाङलाई प्रतिनिधि र पर्ययवेक्षकमा लक्ष्मी योङ्हाङ र बिबि लिम्बुलाई सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको छ । महासचिव वनेम बिक्रम फागोको संयोजकत्वमा सन्देश सुब्बा, सैलेन्द्र थेबे, डिआर हाङ्सरुम्बा र रुपा आङ्बुहाङ सदस्य रहेको संस्थाको स्मारिका प्रकाशन समिति समेत गठन भएको छ ।

यो पनि – ‘महामारीमा मिडिया’ सार्वजनिक

काठमाडौँ, ११ भदौ  : कोभिड–१९ को महामारीले नेपाली सञ्चार क्षेत्रमा पारेको असरसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च – नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा सञ्चार क्षेत्र आर्थिकरुपले समस्यामा परेको र त्यसको असर पत्रकारमा परेको देखाएको छ ।

अध्ययन प्रतिवेदनमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापामाध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चारमाध्यमको आम्दानी घटेको, पत्रकारलाई जागिरबाट निकालिएको र समयमा पारिश्रमिक नपाएको उल्लेख छ । यस्तै, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिना पारिश्रमिक पनि पत्रकारले काम गरेको उल्लेख छ । रिपोर्टअनुसार प्रकाशन तथा प्रसारण भएका आमसञ्चार माध्यमका लागि सामग्री सङ्कलन गर्न कठिनाई भएको र त्यसको प्रभाव गुणस्तरसमेतमा परेको थियो ।

कोभिड–१९बाट पत्रकार सङ्क्रमित हुनुका साथै निधन भएको, पत्रकारमा मनोवैज्ञानिक असर परेको र पत्रकारिताको भविष्यप्रति अन्योल सिर्जना भएको रिपोर्टमा उल्लेख छ । आर्थिक समस्या र स्वास्थ्य सम्वेदनशीलता हुँदाहुँदै पनि पत्रकार समाचार सङ्कलन तथा प्रकाशन तथा प्रसारणमा खटिएको पनि रिपोर्टले देखाएको छ । सङ्कटका बेला आम्दानी कम भए पनि मिडियालाई टिकाउनु नै महत्वपूर्ण पक्ष रहेको मिडिया सञ्चालकको भनाइ छ ।

अध्ययन अनुसार विपद्लाई सामना गर्ने गरी नेपाली मिडियाको पूर्वतयारी नभएको र त्यसो हुँदा मिडिया सञ्चालक र पत्रकार मारमा परेको पनि देखाएको छ । छापामाध्यमका सञ्चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको पनि रिपोर्टमा उल्लेख छ ।

मिडिया र पत्रकारलाई सहयोग गर्न सरकारले रेडियो टेलिभिजनको नविकरणमा छुट दिएको, प्रदेशमा पत्रकारलाई बिमा, लेखनवृत्तिका साथै जनचेतनामूलक सामग्रीमार्फत सहयोग गरेको तर पत्रकारले त्यसभन्दा बढी सहयोगको अपेक्षा गरेको पनि रिपोर्टमा उल्लेख छ ।

प्रतिवेदनमा सङ्घ, प्रदेश र स्थानीय तहले विपद्मा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने कुरालाई मनन् गरी स्वतन्त्र र व्यावसायिक आमसञ्चारमाध्यमको अस्तित्व कायम राख्न सहयोग हुने गरी नीति निर्माण गर्नुका साथै विपद्को अवस्थामा तत्काल राहत तथा सहयोग हुने कार्यक्रम ल्याउन सुझाव दिइएको छ ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेश दाहालले गुणात्मक विधि अपनाएर तयार पारिएको अध्ययन प्रतिवेदनले लकडाउनका बेला सातवटै प्रदेशका मिडिया र पत्रकारले भोग्नुपरेका समस्या तथा चुनौतीलाई मिहिनरुपमा बुझ्न सहयोग पुग्ने बताउनुभयो ।

प्रदेशगत अध्ययन २०७७ साल मङ्सिरसम्म प्राप्त जानकारीका आधारमा गरिएको छ भने रिपोर्टको मूल लेखमा २०७८ साल साउनसम्मको विवरण समावेश गरी आगामी दिनमा विपद्को सामना गर्न सरकार, आमसञ्चारमाध्यम, पत्रकार, पत्रकारका सङ्घसङ्गठनलगायतले निर्वाह गर्नुपर्ने भूमिकाबारे सुझाव दिइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कोभिड–१९ बाट थिलोथिलोमा परेको मिडिया क्षेत्रको पुनःउत्थानका लागि अभियान नै चलाउनुपर्ने बताउनुभयो । फेडरिक इवर्ट स्टिफटुङ्ग (एफइएस) नेपालका आवासीय प्रतिनिधि जोनाथन मेन्जले कोभिड–१९ का कारण मिडियाको चक्र र व्यावसायिक पक्षमा धेरै परिवर्तन आएको भन्दै सङ्कटका बेला गुणस्तरीय पत्रकारिताको विशेष महत्व हुने बताउनुभएको थियो ।