यौ.नजन्य गतिविधि गर्दै गरेका अवस्थामा क्यानडियन नागरिक पक्राउ

यौ.नजन्य गतिविधि गर्दै गरेका अवस्थामा क्यानडियन नागरिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ ।पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौ.नजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

नाबालकलाई ललाइफकाइ, डरत्रास, धा.कधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौ.नजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले जानकारी दिनुभयो । उनको साथबाट ल्याप्टप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ ।

यो पनि -बेमौसमी वर्षा ः गुल्मीमा डेढ करोडको धान क्षति

तम्घास, ८ कात्तिक (रासस) ः गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोप्नुभयो । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काट्नुभयो । लगत्तै बेमौसमी वर्षा सुरु भयो । काटेको धान खेतमै डुब्यो ।लगातार पाँच दिनसम्म खेतमा डुबेको धान यही कात्तिक ५ गतेबाट झाट्न सुरु भयो तर धानको बाला चुडिएर र धान उम्रिएर अधिकांश धान खेतमै नष्ट हुँदा उहाँको परिवार चिन्तामा छ । “सामान्यतया सबै खेतमा ३० देखि ३५ मुरिसम्म धान फल्थ्यो ।” उहाँले भन्नुभयो, “यो वर्ष १० मुरिजति पनि फल्न गाह्रो छ ।” धान उत्पादन कम हुने भएपछि बजारका चामलमा निर्भर हुनुपर्ने बाध्यता सिर्जना भएको उहाँले गुनासो गर्नुभयो

इस्मा अम्मरपुरकै गोपाल सुनारले पनि १८ रोपनी खेतमा धान रोप्नुभएको छ । पाँच दिनसम्म पानीले गर्दा बाला टुक्रिएर करिब ३० प्रतिशत धान खेतमै झरेको उहाँ बताउनुहुन्छ । पानी पर्ने÷नपर्ने कुनै टुङ्गो नभएकाले उहाँले आइतबारदेखि धान काट्न सुरु गर्नुभएको छ । “गत वर्षसम्म १०० मुरी धान फल्थ्यो, तर यो वर्ष ६०–७० मुरी मात्र हुने अनुमान गरेको छु ।” उहाँले भन्नुभयो, “पानीले दाना झर्दै गएकाले धान स्याहार्न सुरु गरेको छु ।” पराल पनि चिसो भएकाले काम नलाग्ने उहाँले दुखेसो पोख्नुभयो ।

धुर्कोट गाउँपालिका–५ वस्तु गान्टारीका कृष्णप्रसाद भण्डारीले सात रोपनी खेतमा धान रोप्नुभएको छ । साउनमा रोपेको धान अहिले दाना लाग्ने समय भएको छ तर यही समयमा परेको अविरल वर्षाका कारण अधिकाशं धान ढल्यो । यसले गर्दा उत्पादनमा कमी हुने उहाँ बताउनुहुन्छ । “परार साल बाटो खन्दा कुलो पुरियो, गत बर्ष धान नै राम्रो फलेन ।” चिन्तित हुँदै उहाँले भन्नुभयो, “यस वर्ष राम्रो भएको थियो, पानीले सखाप बनाइदियो ।” सामान्य समयमा खेतमा ३० मुरिसम्म धान फल्ने भएपनि यो वर्ष धानको आशा नरहेको उहाँले गुनासो गर्नुभयो । यसका साथै उहाँले आफूजस्ता थुप्रै किसान वर्षाको कारण मर्कामा परेकोले सरकारबाट उचित राहत दिनुपर्ने माग गर्नुभयो । अहिले कुनै राहत नपाए धानमा लगाएको लगानी पनि नउठ्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँहरुजस्ता धेरै किसान बेमौसमी वर्षाका कारण चिन्तित छन् । जिल्लाको अम्मरपुर, घ्यूबेँसी, चैरासी, शान्तिपुर, मजुवा, खैरेनी, खज्र्याङलगायतका क्षेत्रमा धान खेती हुने गर्दछ । यी क्षेत्रमा रामधान, खुमल ४, खुमल १, मकवानपुर १ उन्नत जातका धान लगाइन्छ ।

त्यस्तै हंसराज, वर्णशङ्कर, शङ्करलगायतका स्थानीय जातका पनि धान लगाइने गरिन्छ । उक्त धानमध्ये होचोमधयेको धान ढलेको प्रायः ढलेको छैन तर हंशराजलगायतको धान बढी ढलेको छ । काटेको धान पानीमा डुबेर उम्रिएको छ भने नकाटेको धानको पनि बाला चँुडिन थालेको छ । जसका कारण किसान मर्कामा परेका छन् ।

जिल्लामा कूल आठ हजार ९१८ क्षेत्रफलमा बर्खे धानको खेती गरिएको थियो । यसमध्ये ४४५ हेक्टर क्षेत्रफलको धान किसानले स्याहारेका छन् । २९ हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये कतिपय पहिरोले पुरिएको छ भने कतिपय ठाउँमा काटेको डुबानमा परेको छ भने ६६३ हेक्टर क्षेत्रफलमा गरिएको धान खेती पूर्णरुपमा ढलेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा धेरै चन्द्रकोट गाउँपालिकामा ९७ हेक्टर धान खेतीमा वर्षाले क्षति पु¥याएको छ । अहिलेसम्म जिल्लामा ढलेर एक करोड १९ लाख र डुबेर १० लाख गरी कुल एक करोड २९ लाखको क्षति अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

किसानको राहतको सम्बन्धमा प्रमुख भण्डारीले ज्ञान केन्द्रमा राहत कोष नभएको तर प्रदेशको कृषि मन्त्रालयले केही राहत दिनसक्ने बताउनुभयो । “ज्ञान केन्द्रमा कोष छैन, राहतस्वरुप दिने रकम पनि छैन ।” उहाँले भन्नुभयो, “विगतका वर्षमा जस्तै यस वर्ष पनि मन्त्रालयले राहत पठाउन सक्छ ।”