मोटरसाइकल एकापसमा ठक्कर खाँदा मृत्यु

मोटरसाइकल एकापसमा ठक्कर खाँदा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे९प २७०३ का मोटरसाइकल चालक गौरादह–५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

अधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ । सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन् । उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि – वृद्धको शव बेवारिसे अवस्थामा फेला

माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । बिहीबार एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । नामथर ठेगाना नखुलेका करिब ६५ वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।