देशभरिको रिपोर्टपछि हामी उत्साही छौं, एक्लै बहुमत ल्याउँछौं : शेरबहादुर तामाङ

देशभरिको रिपोर्टपछि हामी उत्साही छौं, एक्लै बहुमत ल्याउँछौं : शेरबहादुर तामाङ

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता शेरबहादुर तामाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । उनले सबै दल मिलेर आएपनि एमाले एक्लै चुनाव लड्न तयार रहेको भन्दै बहमुत ल्याउने दाबी गरेका हुन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशव्यापी रुपमा पार्टी पँक्तिबाट आएको रिपोर्टबाट आफूहरु चुनावको लागि उत्साही रहेको बताएका हुन् ।

उनले भने,‘हामी १५ गतेभित्र देशैभरिबाट घोषणापत्रलाई आवश्यक सुझाव संकलन गरिसक्छौं । त्यसपछि घोषणापत्र तयार गर्छौं । अहिले हाम्रा बैठक निर्वाचनकेन्द्रित छन् । भोलिबाट बस्ने केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पारित गर्दैछौं । मंसिर ४ गतेको निर्वाचनको लागि हामी उत्साही छौं । बाहिर गठबनधनले जित्छ भन्ने समाचार आईरहेको बेला, स्थायी कमिटी बैठकमपार्फत हाम्रा प्रदेश ईन्चार्जहरुबाट आएको रिपोर्टबाट हामी उत्साही छौं । अहिलेपनि एमालेसँग एक्लै चुनाव लड्ने आँट कसैसँग पनि छैन् । एमालेसँग एक्लै लड्न सकिँदैन भनेर पाँच वटा दल मिले । गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दापनि हामी बहुमत लिएर आउँछौं । यो हाम्रो रिपोर्टिले देखाएको छ । अहिले हामी बहुमत ल्याउनेतर्फ अघि बढेका छौं । हामीले एक्लै निर्वाचन जित्ने तयारी गर्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गठबन्धन गर्न चाहेनहरुसँग भने विचारको आधारमा आफूहरु खुला रहेको सुनाए । उनले भने,‘हामीले प्रष्ट भनेका छौं–लोकतन्त्रवादी, देशभक्ति र प्रगतिशील शक्ति एमालेसँगको साथमा उभिन्छौं भनेर आउनुभयो भने हामी उभ्याउँछौं । तर, वामपन्थी हुँ भन्ने शक्तिलाई, जो एमालेसँग साथमै उभिन्छौं भन्नेलाई हाम्रा शर्त छन । एमालेको झण्डा र चुनाव चिन्ह प्रयोग गर्नुपर्छ । वापमन्थी नाम गर्ने अनि धेरै चुलो पकाउने, पकाएर बाँडने बेलामा अर्को घरको बास्ना आयो भनेर सर्नेसँग विश्वास छैन् ।’

उनले निर्वाचनको लागि आफूहरुले अब विगतको गीत नगाउने पनि स्पष्ट पारे । उनले भने,‘०५१ सालदेखि यस्तो गर्यौं भनेर अब गीत गाउँदैनौं । अब हामी के गर्छौ भनेर बढि फोकस हुन्छौं । पार्टी त्यसमै फोकस हुन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने कुरालाई अब हामी प्रोत्साहान दिँदैनौं । युवा जेनरेशनलाई प्राथमिकता दिन्छौं ।’

आर्थिक समृद्धि, रोजगारी विकास र पूर्वाधार विकासलाई प्राथमिकता दिईने उनको भनाई छ । पूर्वमन्त्री तामाङले भने,‘हामी उर्जाको विकास गरेर जान्छौं । सबै जनतालाई घरायशी प्रयोजनको लागि निःशुल्क विजुली दिन सक्छौं । यसो हुँदा एक खर्बको ग्याँस विस्थापित गर्छौं । स्वास्थ्य बिमाको नयाँ पूनसंरचना गर्छौं । नेपाली जनताको शतप्रशित उपचार निःशुल्क गर्छौं । अब जनताले उपचारको चिन्ता गर्नुपर्दैन् । हामी नेपाली जनतासँग गठबन्धन गर्छौं । जनता नै एमालेको भरोसायोग्य साथी हुनेछ । एकचोटी एमालेलाई बहुमत भनेर अपिल गरेका छौं ।’

कांग्रेसले दुई पटक एकल बहुमत पाएबाहेक अरु दलले एकल बहुमत नपाएको उनको भनाई छ । उनले भने,‘कुनै दलले पनि अहिलेसम्म बहुमत पाएको छैन् । जनताले अब एमाले रोज्ने कि गठबन्धन भन्ने बेला आएको छ ।’ उनले राप्रपासँग सहकार्यको विषयमा अहिलेसम्म पार्टीगत रुपमा सिट बाँडफाँडबारे छलफल नभएको स्पष्ट पारे ।
उनले राप्रपापनि गणतन्त्रको संविधानअनुसार दर्ता भएको दल भएको उल्लेख गर्दै मौखिक रुपमा राप्रपाले के बोल्छ थाहा नभएको सुनाए । उनले भने,‘राप्रपाको विधान गणतन्त्रको विधान हो । कसैले हाम्रो छेउमा उभिनको लागि स्पेश खोज्छ भने हामी छेउमा उभिन स्पेश दिन्छौं ।’ उनले नेपालमा दलको विकल्प नभएको स्पष्ट पारे ।

उनले थपे,‘नेपालमा दल नै हो । जतिसुकै स्वतन्त्र भनेपनि राजनीति नै हो । उहाँहरु पनि एउटा विचार र दृष्टिकोण बोकेर निर्वाचन लडेको हुन्छ नि, आईडोलोजी हुन्छ ।’
उनले आफूहरु नागरिकता दिने कुराको विरोधी नभएको स्पष्ट पारे । उनले भने,‘हामीले सरकारमा हुँदा नै नागरिकता ऐन ल्याउन चाहेको हो । अहिलेको ऐनले नेपालमा विदेशीले नागरिकता लिने कुरालाई खुकुलो बनायो । वैवाहिक अंगीकृतले आउनेबित्तिकै नागरिकता पाउने व्यवस्था गरियो । जन्मसिद्धलाई छिटो नागरिकता दिने कुरामा हामीलाई कुनै आपत्ति छैन् । तर, फाष्ट ट्रयाकबाट नागरिकता विद्येयक पारित गरियो, समितिमा पनि छलफल गरिएन, पछि राष्ट्रपतिले कन्सर्न गर्दापनि त्यसमा कमा, फूलस्टप पनि चेन्ज नगरी जस्तोका त्यस्तै पठाउने काम भयोे । यसप्रति हाम्रो आपत्ति हो ।’

फरक प्रसँगमा उनले काठमाडौं उपत्कायको फोहोर व्यवस्थापनको उपाय पनि सार्वजनिक गरेका छन् । उनले भने,‘हामीले फोहोरलाई अन्य दृष्टिकोणबाट हेर्नुपर्छ । ल्याण्डफिलमा डम्प गरेर गर्ने विधिलाई हामीले फोहोरको दीर्घकालिन समाधान मान्नुहुँदैन् ।’

उनले अब फोहोर व्यवस्थापनको लागि ‘नो ल्याण्डफिल साईट’ को अवधारणा अघि सारे । उनले भने,‘डम्पिङ साइटबिना पनि फोहोरको व्यवस्था हुन्छ । सबैभन्दा पहिले फोहोरको स्रोतको कटौती गर्नुपर्छ । भान्छामा आउनुभन्दा अघि नै फोहोरको स्रोत कटौती गर्नुपर्छ, फर्सीको मुन्टा किन्छौं । खाने सागभन्दा केलाईएको फोहोर धेरै हुन्छ । काउलीको पनि त्यस्तै छ । १२ सय देखि १३ सय मेट्रिक टन फोहोर त्यसरी जम्मा हुन्छ, अहिले हरेक भान्छाबाट ३० प्रतिशत खाना खेर गैरहेको छ । धेरैको घरमा फ्रिज छैन् । ३० प्रतिशत खाद्यान्न कटौती गरौं । काठमाडौंका हरेक घरमा हेरौं, कुहिने र नकुहिने फोहोरको कुरा पनि आएको छ, यो राम्रो कुरा हो । सेपरेशन गर्नुपर्छ । घरमा तीन वटा छुट्टाछुट्टै बाल्टी राख्दा हुन्छ । मेटल आईटम एक महिनामा उठाउँदा पनि हुन्छ । कागजजस्ता फोहोरपनि एक महिनामा उठाउँदा हुन्छ।’

उनले फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्दा करिब ६ सय मेट्रिक टन फोहोरमात्रै फाल्नुपर्ने हुने सुनाए । उनले भने,‘६ लाख केजी खाद्यान्नको फोहोर भनेको १ लाख २० बंगुरको आहार हो । त्यो त खाद्यान्न हो नि । देशभरिका नगरपालिकालाई यस्तो गर्न भनौं । यसो गर्न सकियो भने वर्षभरिमा १० लाख बंगुरको उत्पादन हुन्छ । यसले २० हजारको रोजगारी सिर्जना हुनेछ । काठमाडौं महानगरलाई यही फोहोर तह लगाउन केन्द्रीय सरकारको बजेट चाहिँदैन् । नेपालमा उत्पादन हुने लाखौं बंगुर चीन पठाउन सकिन्छ ।’

उनले बंगुर फार्म कहाँ सञ्चालन गर्न सकिन्छ भन्नेबारे पनि उपाय सुझाए । उनले भने,‘बंगुर फार्म, चोभारभनदा तलतिर बाग्मतीको किनारातिर पनि हुनसक्छ । फोहोरको कुरा गर्दा अहिले एकदमै अमानवीय व्यवहार गरेका छौं । सडकको किनारा, नदी किनारा फोहोर राख्ने ठाउँ होईन । काठमाडौंको फोहोर व्यवस्थापनको कुरा गर्दा प्रहरी लगाएर फोहोर फाल्ने काम राम्रो होईन।’

उनले फोहोरमैला व्यवस्थास्पमा एमालेले राजनीति गर्यो भन्ने आरोप अस्विकार गरे । उनले फोहोरमा राजनीति कसैले पनि गर्न नहुने स्पष्ट पारे । उनले भने,‘जसले गर्दापनि हुन्छ, मैले भनेको विधिअनुसार एकचोटीलाई सफा गरौं । यसतर्फ महानगरपालिकाले सोचोस । साँझ ९ बजे नै फोहोर संकलन गरिसकौं । यो शहरलाई विश्वकै सुन्दर शहर बनाउनुपर्छ ।’