इन्डियन प्रिमियर लिगअन्तर्गत आज दुई वटा खेल हुँदै


काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइटर्स र रोयल च्यालेन्जर्स बंग्लोरबिच प्रतिस्पर्धा हुनेछ भने दोश्रो खेलमा पञ्जाब किंग्स र गुजरात टाइटनबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यसैगरी दोस्रो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । यसअघि हिजो राती भएको सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ ।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै २६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । २६७ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्स १९ ओभर १ बलमा १९९ रन बनाएर अलआउट भयो ।

दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले अर्धशतकीय इनिङ खेले । उनले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाए ।

हैदरावादका लागि ओपनर हेडले सर्वाधिक ८९ रन बनाए । ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे । यो जितसँगै सात खेल खेलेको हैदरावाद १० अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । आठ खेल खेलिसकेको दिल्ली भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस