एनएमबि बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

एनएमबि बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एनएमबि बैंक “ग्रिन बैंक अफ द इयर २०२४” अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, WACC 2024 मा प्रदान गरिएको हो ।

यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा भएको बैंकले जनाएको छ ।

एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।